जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण स्थगित

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं ।  सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ ।  समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो ।  एकीकृत समाजवादीका उपमहासचिव डा।गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार