अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डरद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं ।  अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 

भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार