थप १६७ मा कोरोना सङ्क्रमण

मंगलबार, चैत १७, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । थप तीन हजार १४० जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ६७ हजार ४०८ पुगेको छ । हाल ५३ सङ्क्रमित क्वारेन्टिनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ११५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ३९० सक्रिय सङ्क्रमित छन् ।
 
तीनको मृत्यु 
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।  हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार