थप १७ सय ९० जनामा कोभिड

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं । नेपालमा विगत २४ घण्टामा १ हजार ७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १०,८४३ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै संक्रमित फेला पर्ने क्रम जारी छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख २४ हजार नाघेको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अहिले देशभरि १७ हजार ८५९ जना सक्रिय संक्रमित छन् । तर विज्ञहरूले पर्याप्त परीक्षण नभएकाले यो संख्याले नेपालमा कोभिड–१९ को वास्तविक अवस्था चित्रण गर्न नसकिने जनस्वास्थ्यविद्हरू बताउँछन् । हालसम्म नेपालमा १ हजार ३६१ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्यांकले देखाउँछ ।

कति जना निको भए?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल दुई लाख ४८ हजार संक्रमित निको भएको सरकारी तथ्यांक छ । यसले अहिले निको हुने दर ९१ रहेको देखाउँछ । आइतवार १ हजार ६६९ जनामा र सोमवार १,९८० जनामा संक्रमण पुष्टि भएको विवरण मन्त्रालयले दिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार