रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (फोटो कथा)

शनिबार, जेठ २१, २०७९

Rath 11654345805.jpgपाटनको जाउलाखेलस्थित  शनिबार रातो मच्छिन्द्रनाथको  भोटो देखाइएको छ ।  शनिबार भोटोजात्रा अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आएकी थिइन् । उनलाई ललितपुर महानरपालिका प्रमुख चिरीबाबु महर्जन तथा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।

282163048_2183220598513801_5218502921491382488_n1654347152.jpg
वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइएको हो । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ ।
रातो मच्छिन्द्रनाथको जिम्मामा रहेको भनिएको ऐतिहासिक भोटो वास्तविक हकदावी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्ममा रहने भन्ने लोक कथन छ ।

279676126_1072063533521079_5028787356083727858_n1654347147.jpg
एक महिनाअगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सकिन्छ।
मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभूु ‘प्रारम्भिक जात्रा’ र त्यसको भोलिपल्ट मूल जात्रा ‘भुज्याः’ गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ ।

282120557_563015448529944_2729510835824442510_n1654347145.jpg
मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ। जावलाखेलमा रथ पुगेपछि छवासकामुनी पिठमा भात छर्न ल्याउने चलन छ। जा ह्वला ख्य भनेको भात छर्ने मैदान हो । जुन अपभ्रंस भई जावलाखेल हुन गएको हो ।

282149378_1016335975670941_7264083252718078958_n1654347116.jpg
विभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ । मच्छिन्द्रनाथको भोटो देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो । यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।

281848178_628171062062686_1879907798320477901_n1654347121.jpg
रथबाट चारै दिशामा तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ । फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ।
हरेक वर्ष भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ।

282120557_563015448529944_2729510835824442510_n1654347145.jpg

 

282275401_1005870663466596_8018459330313539547_n1654347122.jpg

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार