कोरोनामुक्त भए भट्टराई दम्पती

आइतबार, मंसिर ७, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण भएको एक महिनापछि आफूहरू दुवैको कोरोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।
ट्वीटरमार्फत् उनले भनेका छन्, एक महिनापछि कोभिडसँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय हैन । यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौं ! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई  मुरीमुरी धन्यवाद ! भट्टराई दम्पत्तीमा गत कात्तिक ८ गते संक्रमण पुष्टि भएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार