४ वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टिकरण 

आइतबार, मंसिर ७, २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने ४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । परीक्षण नमुना तोकिएका समयमा भण्डारण नगरेका कारण स्पष्टिकरण सोधिएको हो । स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र मन्त्रालयले स्पष्टिकरण दिन निर्देशन दिइएको हो । .
मन्त्रालयले भदौ ३१ गतेको कोभिड–१९ को पीसीआर परीक्षण गर्दा सबै प्रयोगशालाले नेगेटिभ रिपोर्ट आएको हकमा एक महिना र पोजिटिभ रिपोर्टको हकमा ३ महिनासम्म नमुना स्टोर गरी राख्नु पर्ने निर्णय गरेको थियो । यी नियम पालना नगरिएकाले यी प्रयोगशालालाई स्पष्टिकरण माग गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराए । त्यसैगरी स्वीकृत प्राप्त प्रयोगशालामा कोभिड(१९ को पीसीआर परीक्षण गरि नेगेटिभ रिपोर्ट लिएर हङकङ, दुबई र जापान गएका व्यक्तिले सम्बन्धित देशमा त्यहाँ पुनःपरीक्षण गर्दा पोजिटिभ आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि छानबिन गरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको संयोजकत्वमा छानबिन टोलीले स्थलगत अनुगमन गरेको प्रवक्ता डा. गौतमले बताए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार