कागजस्तो यो चरा जसले निर्णय गर्दा चर्को आवाज निकाल्छ

मंगलबार, जेठ १०, २०७९

लन्डन, १० जेठ । ज्याकडाहरूले ‘लोकतान्त्रिक’ प्रक्रिया प्रयोग गरेर कहिले सामूहिक रूपमा आफ्नो वासस्थान छाड्ने भन्ने निर्णय गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । 
हजारौं ज्याकडाहरू अचानक जाडोमा बिहानको आकाशमा जान सक्छन् । गुँड छोड्न चाहेमा चराहरुले बेस्सरी आवाज निकाल्ने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । जब आवाज एकदम चर्काे तहमा पुग्छ, यसले संकत गर्छ कि उनीहरु उड्न तयार छन् ।

ज्याकडा कागजस्तै एक प्रकारको चरा हो । 
जनावरहरूले कसरी सामूहिक निर्णयहरू गर्छन् भन्ने बारे दुर्लभ अन्तरज्ञान हुने बेलायतको एक्सेटर विश्वविद्यालयका प्राध्यापक एलेक्स थोरन्टन बताउँछन् । उनी अगाडि भन्छन्, ‘जब चराले बोलउछन, यो उनीहरुले छोड्न चाहेको संकेत हो ।’ सामूहिक निर्णय दुई कुरामा निर्भर हुन्छ । पहिलो आवाजको मात्रा र दोस्रो आवाजको तीब्रता ।  चराहरू सहमतिमा पुगेपछि एकै पटक हजारौँ चराहरु औसतमा पाँच सेकेन्डमा रूखबाट उड्छन् ।  करेन्ट वायोलोजिमा अध्ययन प्रकाशित छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार