सोसल मिडिया
Contact Us
युनिकोड
कनकाई । कोरोना सङ्क्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिइन् । केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी छोरीलाई भेट्न गएकी ती महिला उतै बिरामी परको बताइएको छ । शुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरीएको थियो । अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उनको रिपोर्ट पोजेटिभ आएको िथियो । भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको बिहीबार बिहान अस्पतालमै निधन भएको हो । मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा कनकाई घाटमा अन्त्यष्टि गरेको छ ।