सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा विगत २४ घण्टामा १ हजार ६६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २१ ह्जार २८४ जनामा सक्रिय संक्रमण छ । तर पर्याप्त संख्यामा परीक्षण नभएकाले सङ्क्रमितको संख्यया अझ धेरै हुनसक्ने उनीहरूको भनाइ छ । हालसम्म संक्रमणमुक्त भएकाहरू झण्डै दुई लाख पुगेका छन् । काठमाडौ उपत्यकामा सर्वाधिक परीक्षण गरिने र संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा संक्रमण देखिने क्रम जारी छ । यसप्रति जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार परीक्षण गर्दा नेगेटिभ वा पोजिटिभ रिपोर्टमात्रै दिने गरिएको पाइएकोमा अब आइन्दा इनकन्क्लुसिभ रिपोर्ट आयो भने पनि उक्त रिपोर्टलाई पोजिटिभ नै मान्ने भन्ने प्रयोगशालालाई निर्देशन दिएको छ ।