सुडानमा चरम खाद्य सङ्कट

सोमबार, जेठ ९, २०७९
Global Ime Bank

खार्ताेम, ९ जेठ । सुडानका नागरिकले चरम खाद्य सङ्कट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य सङ्कट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् । 
यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ । सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार यहाँको ४ करोड ५ लाख जनसंख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ । यहाँ खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको  द्धन्द्ध पनि रहेको छ । साथै यहाँका नागरिकमा आन्तरिक द्धन्द्ध र आर्थिक अवस्था पनि जोडिएको छ ।
त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीरुको भनाई रहेको छ ।– रासस/सिन्हवा

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार