बुर्किनाफासोमा सैनिक कारबाहीमा कम्तीमा ३० आतंककारी मारिए

आइतबार, जेठ ८, २०७९
Global Ime Bank

आउगादगु, ८ जेठ । बुर्किनाफासोको उत्तरी क्षेत्रमा अवस्थित बाम प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ३० जना आतंककारी मारिएका छन् ।सो क्षेत्रमा आतंककारीहरुका बिरुद्धमा यहाँको सेनाले केही दिनयता देखि कारबाही सुरु गरेको थियो । शनिबार बिहान भएको सो कारबाहीमा परेर ३० जना आतंककारी मारिएका बुर्किनाफासोको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यहाँ अवस्थित सैनिक क्याम्पमा ठूलो संख्याका हतियारधारीले हमला गरेका थिए । त्यसका विरुद्धमा गरिएको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हतियारधारी मारिएको बताइएको छ । त्यस क्रममा पाँच जना सैनिक पनि मारिएको सो विज्ञप्तिमा जनाइएको छ । साथै उक्त कारबाहीका क्रममा अरु १० जना सैनिक तथा आतंककारीहरु घाइते पनि भएका छन् । सो क्षेत्रमा खोजी तथा कारबाही जारी रहेको बताइएको छ । उक्त क्षेत्रमा आतंककारीहरुको खोजी कार्यलाई यहाँको सेनाले थप सशक्त बनाउने जनाएको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार