कोरोना भाइरसबाट भारतमा एकै दिन २७५ को मृत्यु 

बुधबार, चैत ११, २०७७

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । सोही अवधीमा यहाँँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख पाँच हजार १६० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा १० लाख २५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार