सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा विगत २४ घण्टामा १,६७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा संक्रमण देखिने क्रम जारी छ । यसप्रति जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । तर पर्याप्त संख्यामा परीक्षण नभएकाले संक्रमितको संख्या अझ धेरै हुनसक्ने उनीहरूको भनाइ छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख १८ हजार नाघेको छ । अहिले देशभरि २४,००९ जनामा सक्रिय संक्रमण छ । सरकारको तथ्यांकअनुसार १ लाख ९३ हजार ३२५ जना निको भइसकेका भने १,३०५ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिवार अपराह्न प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,३२३ जना संक्रमणमुक्त भएको उल्लेख छ । मन्त्रालयले शुक्रवार १,९४५ जनामा संक्रमण पत्ता लागेको र २२ जनाको मृत्यु भएको बताएको थियो । त्यससँगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या एक लाख नाघेको थियो । गत कात्तिक ५ गते सर्वाधिक ५,७४३ जना संक्रमित फेला परेका थिए ।