सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र काम नगर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन आइतबार विज्ञप्तिमार्फत् अनुरोध गरेको छ । भारतमा पछिल्लो चार महिनामा सबैभन्दा धेरै दैनिक सङ्क्रमण शनिबार पुष्टि भएको थियो । शनिवार त्यहाँ ४० हजार ९५३ जना सङ्क्रमित भएको पुष्टि भएको थियो । नेपालमा सत्तारूढ दलभित्र देखिएको अन्तरकलह र त्यसले पारेको राजनीतिक प्रभावका कारण दैनिकजसो भिडभाडयुक्त जमघट हुने गरेका छन् । भारतमा कोभिड प्रकोप बढ्दै गएपछि मुम्बई सहरमा भिड हुने स्थानमा अनिवार्य कोरोनाभाइरस परीक्षण गर्नुपर्ने नियम ल्याइने भएको छ । स्थानीय सरकारका अनुसार किनमेल केन्द्र र रेल स्टेसनहरू जस्ता स्थानमा छानिएका केही व्यक्तिहरूलाई सोमवारदेखि द्रुत परीक्षण गर्न थालिएको छ । छानिएका व्यक्तिले परीक्षण गर्न अस्वीकार गरेमा कारबाही गरिने बताइएको छ । भारतमा हालसम्म १ लाख ५९ हजार भन्दा बढीको कोभिडका कारण मृत्यु भइसकेको छ । त्यहाँ हालसम्म कुल सङ्क्रमितको संख्या एक करोड १५ लाख नाघि सकेको छ ।
अब के हुन्छ ? हालैका हप्तामा भारतमा छिटो सर्ने प्रकारको कोरोनाभाइरस भेटिएको र सङ्क्रमण बढ्दो क्रममा रहेको छ । मुम्बईमा शनिवार २,९८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो सोमवारदेखि त्यहाँका भिड हुने स्थानमा अनिवार्य द्रुत परीक्षण कार्यक्रम सु? गरिएको अधिकारीहरूले बताएका छन् । स्थानीय निकायमा आयुक्तले इन्डिया टुडेलाई मुम्बईको व्यस्त क्षेत्रमा प्रवेश गर्ने जोसुकै पनि एन्टीजेन परीक्षणका लागि तयार हुनुपर्ने बताएका छन् । किनमेल केन्द्रमा बाहेक अन्य स्थानमा ती परीक्षणहरू निःशुल्क हुने छन् । किनमेल केन्द्रमा भने जसको परीक्षण गरिएको हो उसैले शुल्क तिर्नुपर्ने छ । अधिकारीहरूले परीक्षणमा सहभागी हुन नचाहनेलाई के कारबाही हुन्छ भन्ने खुलाएका छैनन् । विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमण हुने देशमा भारत तेस्रो स्थानमा छ भने मृत्यु हुनेमा चौथो स्थानमा छ । सन् २०२१ को सु?ताका सङ्क्रमण कम हुन थाले पनि स्वास्थ्य सावधानीहरू नअपनाइएका कारण त्यहाँ पुनः सङ्क्रमण बढ्न थालेको चिकित्सकहरू बताउँछन् । लैका साताहरूमा भारतमा ज्यादा सङ्क्रमितहरू रहेको महाराष्ट्रमा धेरै नयाँ सङ्क्रमण देखिन थालेका छन् । मुम्बई महाराष्ट्रमा पर्छ । सात अन्य राज्यहरू केरला, पन्जाब, कर्नाटक, गुजरात, तमिलनाडु, हरियाणा र मध्य प्रदेशमा पनि सङ्क्रमण बढेको देखिएको छ ।
खोप कार्यक्रम के हुँदै छ ? भारतका केही स्थानमा लकडाउन वा भोजनालय बन्द जस्ता प्रतिबन्धहरू पुनः लगाइएका छन् । भारतमा फेब्रुअरीमा कम भएको सङ्क्रमणको फाइदा कायम नरहने स्पष्ट खतरा देखिएको छ । भारतमा जनवरीमै खोप कार्यक्रम सु? भएको थियो । हालसम्म कम्तीमा एक मात्रा कोभिड खोप लगाउने नागरिकको संख्या चार करोड पुगेको बताइएको छ । हाल बढी उमेर समूहका व्यक्तिहरूलाई लक्षित खोप कार्यक्रम चाँडै नै अरूलाई उपलब्ध हुने छ ।