रुसलाई प्रतिबन्ध लगाउने विषयमा जर्मन चान्सलरसँग जेलेन्स्कीको वार्ता

बिहीबार, वैशाख २९, २०७९
Global Ime Bank

किभ— युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् । वार्ताका क्रममा रक्षात्मक सहायता, ऊर्जा क्षेत्रमा सहयोग र रुसमाथि बढ्दो प्रतिबन्धहरूबारे छलफल भएको थियो ।  ‘हामी जर्मनीसँगको उच्च स्तरको वार्ता र हाम्रो संघर्षमा वर्लिनको समर्थनको कदर गर्छौं’, राष्ट्रपति जेलेन्स्कीले ट्वीटमा भनेका छन् । वार्तामा युक्रेनमा तुरुन्तै शत्रुता अन्त्य गर्ने, सेना फिर्ता गर्ने र युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता पुनस्र्थापित गर्ने विषय रसियाको हातमा रहेको सोल्जेले जोड दिएको उनका प्रवत्तताले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार