सोसल मिडिया
Contact Us
युनिकोड
ब्रसेल्स (बेल्जियम), २९ वैशाख । श्रीलङ्कामा हालै भएको हिंसाको निन्दा गर्दै युरोपेली सङ्घले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । सरकार समर्थक समूह र सरकार विरोधी प्रदर्शनकारीबीच सोमबार झडप हुँदा आठ जनाको मृत्यु हुनाको साथै २०० भन्दा बढी घाइते भएपछि देशमा थुप्रै हिंसात्मक घटनाहरू बढेका छन् । देशव्यापी कफ्र्यू लगाइएको थियो र पटक–पटक विस्तार गरिएको थियो । “युरोपियन युनियन र यसका २७ सदस्य राष्ट्रहरूले श्रीलङ्काको घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेका छन् । ईयूले कोलम्बोमा शान्तिपूर्ण प्रदर्शनकारीहरूविरुद्ध भर्खरैको घृणित आक्रमणको निन्दा गरेको छ । श्रीलङ्कालीहरूले शान्तिपूर्ण रूपमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्न सक्षम छन्” ईयू काउन्सिलले भनेको छ । सबै पक्षहरूलाई हिंसाबाट टाढा रहन र संयम देखाउन आग्रह गर्दै ईयूले घटनाहरूको अनुसन्धान सुरु गर्न र हिंसा भड्काउने वा गराउनेहरूलाई जवाफदेही बनाउन अधिकारीहरूलाई आह्वान गरेको छ । साथै ईयूले सबै नागरिकको प्रजातान्त्रिक अधिकारको रक्षा गर्न र हालका महत्त्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्ने समाधानहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।–रासस/एएनआई