सोसल मिडिया
Contact Us
युनिकोड
जेनेभा, २९ वैशाख । रुसी आक्रमणपछि युक्रेनमा ३० प्रतिशत रोजगारी (४८ लाख) गुमेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । संयुक्त राष्ट्रसङ्घले थप चेतावनी दिँदै भनेको छ, यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ । “आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,“ संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम सङ्गठनले उल्लेख गरेको छ ।–रासस/एएफपी