सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामाबाद (पाकिस्तान), २८ बैशाख । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार उल्लेख गरेका छन् । शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएल–एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको छ । प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको साम टिभीले आज जनाएको छ। स्रोतहरू उद्धृत गर्दै डेली टाइम्सले जनाएअनुसार नवाज शरीफले केही महत्त्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ जसमा पीएमएल(एनले ूठूलो निर्णयू लिने अपेक्षा गरिएको छ । लन्डनमा मिडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरीफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन् । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् २०१९ देखि स्वास्थ्य समस्या देखाउँदै लण्डनमा बस्दै आएका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्रीले स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाइलाई लम्ब्याउन माग गरेका छन् । नवाजका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकारले पाकिस्तानलाई गहिरो आर्थिक सङ्कटमा छोडेको थियो । बैठक राति ८ बजे (पाकिस्तानी समय) मा हुने नवाजका छोरा हसन नवाजको स्टानहोप हाउसस्थित कार्यालयमा हुने बताइएको छ । गत महिना नवाजले पीपीपी अध्यक्ष बिलावल भुट्टो–जरदारीसँग पनि भेट गरेका थिए जो पछि पाकिस्तानको संघीय मन्त्री नियुक्त भएका थिए ।–रासस/एएनआई