सोमालियामा आत्मघाती बम आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

मोगादिसु, २८ बैशाख ।  सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य कैयौं घाइते भएका छन् । मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै  आफू भने आक्रमणमा बाँच्न सफल भएको बताएकी छिन् ।  साथै उनले घटनामा मारिएका सैनिकहरू र घाइते भएकाहरूलाई  प्रति समवेदना पठाएकी छिन् । आइतबार राष्ट्रपतिको निर्वाचन हुने स्थान नजिकै रहेको घटनास्थलबाट वारसामेले सिन्ह्वालाई फोनमा सो जानकारी गराएका हुन् । अल-शबाब आतङ्ककारी समूहले राजधानीमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी लिएको छ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार