अप्रिलमा चीनको उत्पादन मूल्य वृद्धिमा सामान्य कमी

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

बेइजिङ, २८ वैशाख । आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस)ले बुधबार जनाएको छ । 
ब्यूरोका अनुसार अप्रिलमा पीपीआई सूचकाङ्क अघिल्लो बर्षको सोही महिनाको तुलनामा आठ प्रतिशतले बढेको छ । यो तथ्याङ्क यस वर्षको मार्चमा रेकर्ड गरिएको ८.३ प्रतिशत वृद्धिबाट सामान्य कमी हो । 
मार्चमा १.१ प्रतिशत वृद्धिको तुलनामा अप्रिलमा चीनको पीपीआई ०.६ प्रतिशतमा पुगेको छ । एनबीएसका वरिष्ठ तथ्याङ्कशास्त्री डोङ लिजुआनका अनुसार उच्च अन्तरराष्ट्रिय वस्तुको मूल्यमा आएको वृद्धिका बावजुद सबै क्षेत्र र सरकारी विभागले आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्ने नीतिको दृढ कार्यान्वयनका कारण पीपीआईको मासिक तथा बार्षिक वृद्धि दरमा शितलता देखिएको हो । सर्वेक्षण गरिएका ४० औद्योगिक क्षेत्रमध्ये २२ ले अप्रिलमा मूल्य वृद्धिमा कमी आएको बताएका छन् । 
यो तथ्याङ्कले मार्चको तुलनामा अप्रिलमा एक अङ्कको सुधार देखाएको छ । अप्रिलमा कोइला खानी तथा कपडा धुने उद्योगको पीपीआई ५३.४ प्रतिशतले वृद्धि भएको छ । मार्चमा यो क्षेत्रमा ५३.९ प्रतिशतले वृद्धि भएको थियो ।
एनबीएसका अनुसार गत वर्षको मूल्य चालको बढ्दो प्रभावले अप्रिलमा वर्षेनी पीपीआई वृद्धिमा लगभग ५.९ प्रतिशत अंकको योगदान गरेको छ । बुधबारको तथ्याङ्कले मुद्रास्फीतिको मुख्य नाप, चीनको उपभोक्ता मूल्य सूचकाङ्क एक बर्षको अवधिमा अप्रिलमा २.१ प्रतिशतले वृद्धि भएको देखाएको छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार