यमनमा युद्धविराम सुरु भएदेखि सर्वसाधारणको मृत्यु आधा घट्यो

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

दुबई, २८ वैशाख । युद्धग्रस्त यमनमा अप्रिलको शुरुमा दुई महिनाको युद्धबिराम लागू भएदेखि नागरिकको मृत्यु हुनेको संख्या ५० प्रतिशतले घटेको सहायता समूह नर्वेजियन शरणार्थी  परिषद् (एनआरसी) ले बुधबार जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघले संसारको सबैभन्दा खराब मानवीय संकटको रूपमा वर्णन गरेको कुरालाई कम गर्न खाना, आश्रय र अन्य आवश्यकता (एनआरसी)ले उपलब्ध गराउँदै आएको छ । मार्चमा २१३ नागरिक हताहत भएको थियो  भने अप्रिलमा ९८ मा झरेर थियो । 
‘आङ्कडाले युद्धबिरामबाट हुने फाइदाको स्पष्ट प्रमाण दिन्छ, गत महिनामा, कैयौँ परिवारका सदस्य अर्थहीन हिसाबबाट गुमाउनबाट जोगिएका थिए, एनआरसीको यमनका निर्देशक एरिन हचिन्सनले एक विज्ञप्तिमा बताएका छन्, “यमनी जनता र उनीहरूको भविष्यको लागि, हामी आशा गर्छौं कि द्वन्द्वका पक्षले युद्धविराम विस्तार गर्नेछन् ।’’ यमन द्वन्द्वले इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वको सैन्य गठबन्धनद्वारा समर्थित अन्तरराष्ट्रिय मान्यता प्राप्त सरकारलाई खडा गरेको छ ।
यसले लाखौँ मानिसको ज्यान लियो र अरब संसारको सबैभन्दा गरीब देशलाई अनिकालको छेउमा धकेल्यो । तर अप्रिल २ मा लागू भएको नवीकरणीय दुई महिनाको युद्धविरामले देशको अधिकांश भागमा हिंसाबाट सताएको देशलाई राहत प्रदान गरेको छ ।
एनआरसीले हवाई हमला र गोलीबारीबाट मारिने वा घाइते हुनेको संख्यामा “उल्लेखनीय कमी“ भएको बताएको छ । यद्यपि, यसले हिंसामा तीव्र कमी आए पनि बारुदी सुरंग र विस्फोटन नगरिएका हातहतियारबाट हुने हताहतीको संख्या उस्तै वा बढी रहेको बताइन्छ ।
“हामी युद्धरत पक्षलाई आफ्ना प्रतिबद्धता पालन गर्न र यस द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नको लागि आग्रह गर्दछौँ, जसले हजारौँलाई मारेको र अपाङ्ग गरिसकेको छ, र लाखौँलाई आफ्नो जीविकोपार्जनबाट वञ्चित गरेको छ,” हचिन्सनले भनेका छन् ।–रासस/एएफपी
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार