हवानाको होटलमा भएको विस्फोटमा परी थप १२ को मृत्यु 

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

हवाना, २८ वैशाख । क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । यहाँका अधिकारीले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ को ज्यान गएको बताएका छन् ।  सो विस्फोटमा परेर ३० को ज्यान गएकामा सोमबार र मंगलबार थप १२ जनाको ज्यान गएको बताइएको छ ।  यहाँको जन स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार यहाँका अरु ९६ अझै पनि घाइते भएका छन् । 
केहीदिन अघि सो होटलमा त्यहाँ रहेको ग्याँस सिलिण्डर विस्फोट भएको थियो । सो विस्फोट पछि यहाँ आगलागी पनि भएको थियो । 
आगलागीबाट होटलमा क्षति पुगेको छ भने यहाँका कर्मचारीको मृत्यु भएको हो । जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा अहिलेसम्म ४२ को ज्यान गएको र अरु ९६ घाइते भएका छन् । तीमध्ये १३ युवा र अरु पाँच जना बालबालिका अझै पनि अस्प्ताल भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार