बेलायती प्रधानमन्त्रीले लगाए कोरोना खोप

शनिबार, चैत ७, २०७७

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ । युरोपेलीसहित कतिपय मुलुकमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् । ‘मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 
उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउँदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् ।  ‘कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु प¥यो, आशा गरौँ अव त्यस्तो हुनेछैन’, उनले उल्लेख गरेका छन् ।  खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिँदै उनले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए ।  प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका थिए ।  बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ ।  कोरोनाविरुद्धको खोपको प्रयोग पनि सबैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशमा लगाउन थालिएको हो ।– एएनआई
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार