सोसल मिडिया
Contact Us
युनिकोड
सोल, २८ वैशाख । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले कोरियाली सञ्चारकर्मीसँग भने, मैले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राखेको छु । दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा भएको सपथ समारोहपछि त्यहाँ उपस्थित भएका सम्वाददातासँग नवनियुक्त राष्ट्रपति युन सुक–येउलले भनेका छन्, हामी सबै समस्याको समाधान शान्तिपूर्णरुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ । दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ । उनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्धीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताए ।–रासस/एएफपी