अफगानिस्तानमा तालिवान सरकार बनेपछि नौ लाखले गुमाए जागिर

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

काबुल, २८ वैशाख । अफगानिस्तानमा तत्कालीन तालिवान लडाकूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झण्डै नौ लाख मानिसले जागिर गुमाएका छन् ।
अफगानिस्तानको पुनःनिर्माणका लागि अमेरिकी विषेश निरीक्षकले दिएको जानकारीअनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो ।
विषेश गरेर विगतका काम गर्दै आइरहेका महिलाले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाको सङ्ख्या धेरै देखिएको बताइएको छ ।
अहिले गरिबी पनि बढेको र लाखौँ मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए । बाँकीले त्यसपछिको समयमा गुमाएका हुन् ।
झण्डै चार दशकको आन्तरिक द्वन्द्वमा परेको अफगानिस्तानमा अहिले शान्ति स्थापना हुने अपेक्षा गरिएपनि असन्तुष्टि भने प्रकट भइरहेको छ ।
तालिवान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा वाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन् ।– रासस/एएनआई

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार