श्रीलङ्कामा आज पनि देशव्यापी रूपमा कफ्र्य

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

कोलम्बो, २८ वैशाख । श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कफ्र्यु घोषणा गरेको छ ।
सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मङ्गलबारसम्मका लागि लगाइएको कफ्र्यु आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् ।
श्रीलङ्कामा आक्रोशित भीडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कफ्र्यु जारी गरिएको छ ।
सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित भीडले राजपक्षसँग निकट सम्बन्ध भएका व्यक्ति तथा नेताहरूका सम्पत्तिमाथि आक्रमण गरेका थिए ।
श्रीलङ्का आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि सोमवार राष्ट्रपति गोटाबय राजपक्षका दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
तर उनको राजीनामापछि पनि प्रदर्शनकारीहरू संयमित भएका छैनन् । राजपक्ष आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू उनको निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए ।
सोमबारयता श्रीलङ्कामा चर्किएको प्रदर्शनमा सात जनाको मृत्यु भइसकेको छ भने १९० जना घाइते भएका छन् ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत
श्रीलङ्कामा केही दिनयतादेखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ ।
यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरिसकेका छन् । उनको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्काली सरकारले देशव्यापीरुपमा कफ्र्युको घोषणा गरेको छ ।
यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कफ्र्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलङ्काली सरकारले जनाएको छ ।
सोमबार मात्र पनि बिहान प्रदर्शनकारीले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।– रासस/एएफपी

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार