चिनियाँ राष्ट्रपति सीद्वारा हङ्गेरीका नयाँ राष्ट्रपति क्याटालिन नोभाकलाई बधाई सन्देश

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

बेइजिङ, २८ वैशाख । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार हङ्गेरीको राष्ट्रपतिको रूपमा कातालिन नोभाकलाई बधाई सन्देश पठाएका छन् ।
राष्ट्रपति सीले हालैका वर्षहरूमा चीन–हङ्गेरी सम्बन्धको विकास उच्चस्तरमा कायम भएको र बारम्बार उच्चस्तरको सम्बन्धको रूपमा चिनिएको पनि बताएका छन् ।
उच्चस्तरीय आदानप्रदान, विभिन्न क्षेत्रमा फलदायी सहयोग र अन्तरराष्ट्रिय र क्षेत्रीय मामिलामा ठोस सहयोग द्वीपक्षीय विषय उल्लेख्य रहेको पनि उनले बताए ।
सीले चीन–हङ्गेरी सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको बताउँदै दुई देशबीचको राजनीतिक पारस्परिक विश्वास र परम्परागत मित्रतालाई अझ प्रगाढ बनाउन नोभाकसँग काम गर्न आफू तयार रहेको बताए ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार