पूर्वी कङ्गो आक्रमणमा १४ सर्वसाधारण मारिए

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

बुनिया (डिआर कङ्गो), २८ वैशाख । द्वन्द्वग्रस्त पूर्वी डिआर कङ्गोको इटुरी प्रान्तमा विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको अनुगमन समूहले जनाएको छ । कोडेक नामक जातीय सशस्त्र समूहका लडाकुहरू आक्रमणमा सङ्लग्न भएको आशङ्का गरिएको छ ।
कोडेक कङ्गोको विकासका लागि सहकारीको नाम लेन्डु जातीय समूहको हितको प्रतिनिधित्व गर्ने दाबी गर्ने राजनीतिक र धार्मिक गुट हो ।
इटुरीमा थुप्रै जातीय नरसंहारका लागि दोषी ठहरिएको यो समूह देशको पूर्वमा सक्रिय रहेको यो सबैभन्दा घातक मिलिसियामध्ये एक मानिन्छ ।
यस क्षेत्रका नागरिक समाज समूहहरूको सङ्घका अध्यक्ष जुलेस सुबाले सोमबारको आक्रमणमा मारिने अधिकांश बालबालिका रहेको र मृत्यु हुनेको सङ्ख्या अस्थायी भएको बताएका छन् ।
एएफपीले उल्लेख गरेका तस्बिरहरूमा रगतले लतपतिएका बच्चाहरू जमिनमा खेलिरहेको देखाइएको छ ।
इटुरी र छिमेकी उत्तर किभु प्रान्तमा गत वर्षको मे महिनादेखि सुरक्षा बलहरूले आक्रमण रोक्नका लागि प्रयासरत छन् तर नरसंहार जारी छ ।

हिंसात्मक आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कङ्गोमा हालै सर्वसाधारण व्यक्तिमाथि भएको हमला र हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।
उनले हतियारधारी समूहले निहत्था सर्वसाधारणमाथि गरेको हमलाको निन्दा गर्दै यस्ता कार्य तुरुन्त रोक्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
उनका प्रवक्ताले कंगोको इतृुरी प्रान्तको डिजुगु क्षेत्रमा सोमबार आएका हतियारधारीले अकस्मात हमला गरेर कम्तीमा पनि ३८ को ज्यान लिएको घटनाको विज्ञप्तिमार्फत् निन्दा गरिएको छ ।
सो हमलामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् भने यहाँ मारिएका ३८ मा महिला र बालबालिका पनि परेका छन् ।
यसरी सर्वसाधारण नागरिकमाथि बिना कुनै कारण हुने गरेका हमला अमानवीय भएकाभे भन्दै महासचिव गुटरेसले यस्ता कार्य रोक्न माग पनि गरेका छन् ।

बोलिभियामा भागदौडमा ४ जनाको मृत्यु, दर्जनौँ घाइते

बोलिभियाको पोटोसी सहरमा भागदौड मच्चिँदा अश्रुग्यास ग्रेनेड विस्फोट हुँदा कम्तीमा चार विद्यार्थीको मृत्यु हुनाको साथै ५० जना घाइते भएको स्थानीय प्रहरीले उल्लेख गरेको छ ।
टोमस फ्रियास अटोनोमस युनिभर्सिटीमा आगामी विद्यार्थी परिषद्को निर्वाचनलाई लिएर विश्वविद्यालयको मैदानमा विद्यार्थी सभा गरिरहेका बेला उक्त घटना भएको हो ।
विश्वविद्यालयका रेक्टर पेड्रो लोपेजले पत्रकारहरूलाई दिएको जनाकारीअनुसार धेरै घाइते विद्यार्थीहरू सघन उपचार कक्षमा छन् । उनले मृत्यु हुनेको सङ्ख्या बढी हुने सम्भावनालाई अस्वीकार गरेका छैनन् ।
एरेनामा ग्यास ग्रेनेड विस्फोटको बारेमा प्रारम्भिक जानकारी पुष्टि गर्न अनुसन्धान चलिरहेको लोपेजले बताएका छन् ।

इक्वेडरको जेलमा हिंसा हुँदा ४४ को मृत्यु, १०८ फरार
 इक्वेडरको एक जेलमा भएको भयानक हिंसात्मक घटनामा परी कम्तीमा ४४ कैदीको मृत्यु भएको छ ।
सरकारी अधिकारीले दिएको जानकारीअनुसार घटनामा परी अन्य १०० भन्दाबढी कैदी भाग्न सफल भएका छन् ।
क्विटोबाट करिब ८० किलोमिटर टाढा इक्वेडरको मध्यभागमा अवस्थित सान्टो डोमिङ्गो डे लस कोलोराडोसको बेलाभिस्टा जेलभित्र प्रतिद्वन्द्वी लस लोबोस र आर सात गिरोहबीच झगडा भएको अधिकारीले बताएका छन् ।
जेलमा जारी हिंसाको क्रममा १०८ कैदी फरार भएका छन् भने जेलबाट भागेका ११२ लाई पु्नःपक्राउ गरिएको प्रहरी प्रमुख फाउस्तो सलिनास्ले जानकारी दिए ।– रासस/एएफपी

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार