अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिका कोरोना सङ्क्रमित

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

लस एन्जलस, २८ वैशाख । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल सङ्घको पछिल्लो प्रतिवेदनअनुसार महामारीको सुरुआतदेखि संयुक्त राज्य अमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
सोमबार अबेर प्रकाशित प्रतिवेदनअनुसार मे ५सम्म सातामा ६२,००० भन्दा बढी बालबालिका सङ्क्रमित भएको पाइएको छ जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो ।
विगत चार हप्तामा झन्डै १८६,००० बालबालिका कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सन् २०२२ मा करिब ५२ लाख  बालबालिकामा सङ्क्रमण थपिएको प्रतिवेदनले देखाएको छ ।
नयाँ भेरियन्टहरूसँग सम्बन्धित रोगको गम्भीरताका साथै सम्भावित दीर्घकालीन प्रभावहरू मूल्याङ्कन गर्न थप उमेर–विशिष्ट डेटा सङ्कलन गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
“बालबालिकाको स्वास्थ्यमा महामारीको तत्काल प्रभावहरू छन् भनेर पहिचान गर्नु महत्त्वपूर्ण र हामीले यस पुस्ताका बालबालिका र युवाहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षामा दीर्घकालीन प्रभावहरू पहिचान र सम्बोधन गर्न आवश्यक छ“ प्रतिवेदनमा उल्लेख गरिएको छ ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार