उत्तरी आयरल्याण्डबारे एकपक्षीय रूपमा कुनै पनि परिवर्तन नगर्न बर्लिनको बेलायतलाई आग्रह

बुधबार, वैशाख २८, २०७९
Global Ime Bank

बर्लिन (जर्मनी), २८ वैशाख । जर्मनीका चान्सलर ओलाफ सोल्जले उत्तरी आयरल्याण्डमा ब्रेक्जिटपछिको कडा सङ्घर्षरत व्यापारिक व्यवस्थामा ‘एकपक्षीय’ परिवर्तन नगर्न बेलायतलाई आग्रह गरेका छन् ।
सोल्जले बर्लिनमा सञ्चारकर्मीहरूसँग भने, “कसैले पनि एकपक्षीय रूपमा सम्झौता तोड्नु हुँदैन वा हामीले सहमति जनाएको प्रबन्धलाई कुनै पनि हालतमा परिवर्तन गर्नु हुँदैन ।
बेल्जियमका प्रधानमन्त्री अलेक्जेण्डर डे क्रोले उक्त अवसरमा आफूहरूको सन्देश निकै प्रस्ट भएको र सबैले सहमति गरेको कुरालाई कसैले एकलौटी रूपमा तोड्नु गलत हुने बताए ।
ब्रेक्जिटपछि उत्तर आयरल्याण्डमा गरिने आर्थिक गतिविधिलगायतका बिषयलाई लिएर बेलायत र अन्य युरोपेली मुलुकहरूबीच भिन्न मतहरू आएका छन् ।–रासस/एएफपी

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार