थपिए ११२ कोभिड सङ्क्रमित

शनिबार, चैत ७, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पिसीआर परीक्षण गर्दा ११२ मा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १६ पुगेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ५४ सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने  ९३६ जना आइसोलेशनमा छन् । 

 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार