बहुविवाह कसुरमा महोत्तरीमा दम्पती पक्राउ

आइतबार, वैशाख २५, २०७९

 महोत्तरी  २४ वैशाख, ।  बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास-३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।

विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुङ्गाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।प्रहरीले मंगलीमायालाई पनि पक्राउ गरेको छ । उनीहरू जेठी श्रीमती सुनिता भएकै ठाउँमा एकसाथ बस्दै आएका थिए ।दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप्दै थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार