चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु 

आइतबार, वैशाख २५, २०७९

काठमाडौं, २५ वैशाख  । चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार