सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, वैशाख २५, २०७९

सुनसरी, २५ वैशाख । सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४० ०४ नम्बरको मोटरसाइकललाई गएराती साढे १० बजे ठक्कर दिएको थियो । दुबै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार