श्रीलङ्कामा सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी

शुक्रबार, चैत ६, २०७७

कोलम्बो । श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी पुगेको छ ।  श्रीलङ्कामा पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३०० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अहिलेसम्म कूल ८९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।  श्रीलङ्कामा अहिलेसम्म कूल ८५ हजार ९४४ जना सङ्क्रमणमुक्त बनेका छन् भने दुई हजार ६९३ सक्रिय सङ्क्रमित रहेका बताइएको छ ।
यहाँ कोभिड–१९ सङ्क्रमित ५३८ व्यक्तिको मृत्यु भएको छ । श्रीलङ्कामा अहिलेसम्म आठ लाख व्यक्तिले खोप लिइसकेका छन् ।–सिन्ह्वा      
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  २२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार