जनकनन्दनी गाउँपालिका अध्यक्ष शेषको निधन

आइतबार, वैशाख २५, २०७९

जनकपुरधाम, २५ वैशाख  । नेपाली कांग्रेसका नेता एवं जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुलवारिक शेषको ७० वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि फोक्सोकाे क्यासरबाट पीडित शेषको शनिबार साँझ निधन भएको गाउँपालिकाका निर्वतमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।शनिबार दिनभरि उनी पार्टीको चुनावी बैठकमा सहभागी भएका थिए । तर, साँझ घर आएर आराम गरिरहेको अवस्थामा एक्कासी हृदयघात भएर उनको निधन भएको कार्कीले बताइन् । ०७४ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।शेषको पार्थिक शरिरलाई आइतवार दिउँसा इस्लामिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिनेछ । 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार