इटालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जोडिएको सुपरयाट कब्जा गर्‍यो

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

रोम, २४ वैशाख । इटालीका अधिकारीहरूले शुक्रबार एउटा विशाल याट जफत गरेका छन् । सो याच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हुनसक्ने अनुमान गरिएको छ । अनुमानित ७०० मिलियन डलर मूल्य पर्ने सेहेराजादे नामको सो याटको स्वामित्वबारे इटालीको वित्तिय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

इटालियन अनुसन्धानले ‘आधिकारिक रूपमा सेहेराजादे र रुसी सरकारका प्रतिष्ठित व्यक्तिहरू बीचको महत्वपूर्ण  आर्थिक र व्यापारिक सम्बन्ध स्थापित गर्न मद्दत गरेको’ प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘अनुसन्धान पछि अर्थमन्त्री  डेनियल फ्रान्कोले याट जफत गर्ने आदेशमा हस्ताक्षर गरेका छन्’,  सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो पश्चिमी समुद्री तट सहर मासाको मरिना डि काराराको सिपयार्डमा मर्मत कार्यको लागि धेरै महिनादेखि थन्किएको थियो ।

तर, उक्त याच पानीमा फर्किएको र शुक्रबार तैरने अवस्थामा रहेको एएफपी फोटोग्राफरले दाबी गरेका थिए । इटाली सरकारले विज्ञप्ति निकाल्नुअघि उनले त्यस्तो दाबी गरेका थिए ।-एजेन्सी

 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार