उत्तर कोरियालाई सहयोग गरेको भन्दै बिटक्वाइन कम्पनी ‘मिक्सर’ माथि अमेरिकी प्रतिबन्धको घोषणा

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

न्युयोर्क, २४ वैशाख । अमेरिकाले हतियार कार्यक्रमलाई सहयोग गर्न उत्तर कोरियाली साइबर ह्याकिङ समूहले सेवा प्रयोग गरेको भन्दै शुक्रबार एक ‘भर्चुअल करेन्सी’ ‘ब्लेन्डर डट आईओ’ विरूद्ध प्रतिबन्धको घोषणा गरेको अमेरिकी अर्थ विभागले बताएको छ ।
अमेरिकी अधिकारीहरूले भनेका छन्, “आभासी मुद्रा ‘मिक्सर’ मा अमेरिकी प्रतिबन्ध पहिलो हो र यसले बिट क्वाइन र क्रिप्टोकरेन्सीजस्ता भर्चुअल मुद्रामा लेनदेन तथा सहभागीहरू लुकाउन प्रयोग गरिन्छ ।”
अधिकारीहरूले उत्तर कोरियाद्वारा पृष्ठपोषण गर्दै आएको साइबर ह्याकिङ समूह लाजरस ग्रुपले अनलाइन खेल ‘अक्सी इन्फिनिटी’ बाट ६२ करोड अमेरिकी डलर चोरेको बताएका छन् । यसले अवैध कोषको दुई करोड ५० लाख गैरकानुनी कोषलाई वैध बनाउन २०.५ मिलियन अमेरिकी डलरभन्दा बढी प्रयोग गरेको आरोप लागेको छ ।
ब्लेन्डरलाई डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया (उत्तर कोरिया) द्वेषपूर्ण साइबर गतिविधि र चोरी भएको भर्चुअल मुद्रालाई शुद्धीकरण गर्न सहयोग गरेको आरोप अमेरिकी ट्रिजरी विभागले लगाएको छ ।
विभागले भनेको छ, “अमेरिका र संयुक्त राष्ट्रसङ्घद्वारा लगाएका कडा आर्थिक प्रतिबन्धपछि आर्थिक समस्यामा रहेको उत्तर कोरियाले आम विनाश र क्षेप्यास्त्र कार्यक्रमको गैरकानुनी हतियार निर्माणका लागि रकम जोहो गर्न क्रिप्टोकरेन्सी एक्सचेन्ज र वित्तीय संस्थाहरूबाट साइबर सेवाको दुरूपयोग लगायतका अवैध गतिविधिहरूको सहारा लिएको छ ।”
यसको उद्देश्य गोपनीयता बढाउनु भए तापनि ब्लेन्डरजस्ता अवैध संस्थाहरूले यसको प्रयोग गर्नेगरेका विभागले बताएको छ । ब्लेन्डरलाई पाँच करोड अमेरिकी डलरभन्दा बढी मूल्यको बिटक्वाइन स्थानान्तरण गर्न प्रयोग गरिएको अमेरिकाले बताएको छ । ब्लेन्डरले उत्तर कोरियालाई सहयोग गर्नुको अलावा यस सेवाले रूसी–लिङ्क भएका कुख्यात साइबर समूहहरूलाई पनि समर्थन गरेको दाबी अमेरिकी अधिकारीले गरेका छन् ।– रासस/एएफपी
 

 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार