सोसल मिडिया
Contact Us
युनिकोड
कीभ, २४ वैशाख । संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा उद्धार अभियान सुरु भएदेखि मारिउपोल सहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् । “हामीले झण्डै ५०० नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौँ,“ एन्ड्री येर्माकले टेलिग्राममा उल्लेख गरेका छन् । उनले कीभले विनाशकारी सहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका नागरिकलाई बाहिर ल्याउनेछ ।
बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा नलिने
बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन् । लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस–युक्रेन सैन्य द्वन्द्वको अन्त्यका लागि बारम्बार आह्वान गरेको पनि बताए । “हामी स्पष्ट रूपमा कुनै पनि युद्ध स्वीकार गर्दैनौंँ । हामीले युद्ध नहोस् भनेर अहिले सबै गरिरहेका छौँं, ” लुकाशेन्कोले एपीलाई भने, आफ्नो देशले युक्रेन र रुसबीच वार्ता अघि बढाएको पनि स्मरण गराए । युक्रेनले आफ्नो भूमिमा शत्रुता भइरहेको भए पनि वार्तामा चासो नदेखाउनुको कारण वाशिङटनको नीति रहेको उनले बताए । राष्ट्रपतिले सङ्कटमा आणविक हतियारको प्रयोग “अस्वीकार्य थियो किनभने यो हाम्रो छेउमा छ – हामी महासागर पार गर्दैनौँ बेलारुसका राष्ट्रपतिका अनुसार उनी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वतन्त्र राष्ट्रका प्रमुखबीच हुनसक्ने सबैभन्दा राम्रो सम्बन्ध छ । बुधवारदेखि बेलारुसको सशस्त्र बलको अचानक जाँचको उल्लेख गर्दै लुकाशेन्कोले बेलारुसको सीमामा रहेको बाल्टिक राज्य र पोल्याण्डमा नाटो अभ्यासको जवाफमा बेलारुसमा लडाइ तयारी जाँच गरिएको बताए । बेलारुससँगको सिमानामा तैनाथ नेटो सेनाको सङ्ख्या केही वर्ष पहिले करिब तीन हजार थियो तर अहिले ३२ हजार पुगेको लुकासेन्कोले बताएका छन् ।
रूसको इन्धन प्रतिबन्धले ’रातो रेखा’ पार गर्यो हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा “आक्रमण“ गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताएका छन् । “युरोपेली आयोगका अध्यक्षले जानाजानी वा नजानी त्यो काम गरिएको युरोपेली एकतामा आक्रमण गरेका छन्,“ ओर्बानले राज्य रेडियोमा भने । “हामीले पहिलो क्षणदेखि नै रातो रेखा हुनेछ, त्यो ऊर्जा नाकाबन्दी हो भनेर स्पष्ट गरिसकेका थियौं, उनीहरूले यो रातो रेखा पार गरेका छन् ।”–रासस/एएफपी