तान्जानियामा नौ महिनामा सडक दुर्घटनामा एक हजारभन्दा बढीको मृत्यु

शनिबार, वैशाख २४, २०७९
Global Ime Bank

दार एस सलाम (तान्जानियो),  २४ वैशाख । तान्जानियामा जुलाई २०२१ देखि मार्च २०२२ सम्म भएका १,५९४ सडक दुर्घटनामा कम्तीमा १,१९१ जनाको मृत्यु भएको एक क्याबिनेट मन्त्रीले बिहीबार संसद्मा बताएका छन् । सोही अवधिमा सडक दुर्घटनामा दुई हजार १३९ जना घाइते भएको गृहमन्त्री हमाद युसुफ मसौनीले जानकारी दिए । जुलाई २०२० देखि मार्च २०२१ सम्म १,२२८ सडकबाट ९९९ जनाको मृत्यु भएको थियो ।
जुलाई २०२० र मार्च २०२१ को बीचमा, १,२२८ सडक दुर्घटनामा ९९९ व्यक्तिको मृत्यु भएको थियो जसमा १,५८९ जना घाइते भएका थिए । मन्त्री मसौनीले राजधानी डोडोमाको सदनलाई २०२२÷२०२३ आर्थिक वर्षको लागि आफ्नो मन्त्रालयको बजेट प्रस्तावहरू प्रस्तुत गर्दा सो कुरा उल्लेख गरेका हुन् । ‘यस तथ्याङ्कले ३६६ सडक दुर्घटनामा वृद्धि भएको देखाएको छ जुन २९ दशमलव ८ प्रतिशतले बढेको छ,’ मन्त्रीले भने । उनका अनुसार अधिकांश दुर्घटना लापरबाही, खराब सवारीसाधन र खराब सडकका कारण हुने गरेको छ ।
मसौनीले सडक दुर्घटनामा संलग्न रहेको भन्दै कारबाहीस्वरुप प्रहरीले ८७ चालकको सवारी चालक अनुमतिपत्र खारेज गरेको र १४१ चालकको विभिन्न अवधिको सवारी चालक अनुमतिपत्र निलम्बन गरेको पनि बताएका छन् ।

बुर्किना फासोमा एम्बुस आक्रमण एघारको मृत्यु

बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको.मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
बिहीबार सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो । ओआनोबेमा सोही दिन अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार