सोसल मिडिया
Contact Us
युनिकोड
काबुल, २४ वैशाख । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । गरिरहेको छ । दुई करोड बीस लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख््याको आधाभन्दा बढी हो । करिब ९७ प्रतिशतभन्दा बढी अफगानी खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ । मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६,१३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ । विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद–उल–फित्र (संसारभरका मुस्लिमहरूले ईद–उल–फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो सङ्घर्षपूर्ण रह्यो । इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ ।
अफगानिस्तानमा दुई करोड ४० लाखलाई सहयोगको आवश्यकता
अफगानिस्तानमा दुई करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक परेको देखिएको छ । मानवीय सहायता आवश्यकता पर्नेहरूको सङ्ख्या अघिल्लो वर्षकोभन्दा धेरै भएको अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष सन् २०२१ मा एक करोड ८० लाखभन्दा बढीलाई मानवीय सहायता आवश्यक पर्ने तथ्याङ्क सार्वजनिक गरिएको थियो । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार तत्कालीन तालिबान विद्रोहीले सत्ता हातमा लिएपछि मानवीय सहायता आवश्यक पर्नेहरूको सङ्ख्या बढेको देखिएको हो । तालिबान सरकार बनेपछि कतिपय अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने गरेको सहयोग रोकिएकाले पनि अभाव बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अफगानिस्तानमा ७० प्रतिशतलाई आधारभूत आवश्यकता पूरा गर्न पनि गाह्रो हुने गरेको अध्ययनले देखाएको छ । अमेरिकी एक संस्थाले गरेको अध्ययनको प्रतिवेदन संसद्मा पेस पनि गरिएको छ । विश्वमै धेरै मानवीय सहायता आवश्यक पर्ने मुलुकमध्ये अहिले अफगानिस्तान पनि एक हो ।–रासस/एएनआई