भारतमा यसवर्ष शुरु भएयताकै सबैभन्दा बढी कोरोना सङ्क्रमण 

शुक्रबार, चैत ६, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा  करीब ३६ हजार जना सङ्क्रमित भएका छन्  । गत बुधबार एक दिनमा २८ हजार ९०२ जना सङ्क्रमितको सङ्ख्या बिहीबार ३५ हजार ८७१ पुगेको छ  । गत २४ घण्टाको कोरोना सङ्क्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताकै सवै भन्दा बढी हो ।   भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ७४ हजार ६०५ पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई लाख ५२ हजार ३६४ जना अहिले पनि सङ्क्रमित अवस्थामै छन् भने कूल एक करोड १० लाख ६३ हजार २५ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा  कोरोना सङ्क्रमणबाट १७२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार २१६ पुगेको छ  । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ७० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।  त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार