श्रीलङ्कामा आठ लाखले लगाए कोरोना खोप

बिहीबार, चैत ५, २०७७

कोलम्बो । आठ लाखभन्दा बढी श्रीलंकालीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो ।  खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकालाई खोप लगाउने व्यवस्था गरिएको थियो । अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्क छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार