गुजरात पन्जाबसँग पराजित

बुधबार, वैशाख २१, २०७९
Global Ime Bank

काठमाडौं, २१ वैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको  शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए ।  यस्तै,  रिद्दिमान शाहले २१ रनको योगदान गरे । पन्जाबका कागिसो राबडाले ४ विकेट लिए ।

जितपछि पन्जाब १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा  छ । दोस्रो हार बेहोरेको गुजरात १० खेलबाट  १६ अंक जोडेर शीर्ष स्थानमा  छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार