रुसी हमलामा एक किशोरको मृत्यु

मंगलबार, वैशाख २०, २०७९
Global Ime Bank

मस्को, २० वैशाख ।   युक्रेनको ब्ल्याक सी बन्दरगाह ओडेसामा सोमबार रुसी आक्रमणमा एक किशोरको मृत्यु भएको सो सहरको काउन्सिलले सामाजिक सञ्जालमा जनाएको छ । एउटा निजी आवासमा हमला हुँदा ती किशोरको मृत्यु भएको हो । आक्रमणको समयमा भवनभित्र पाँच जना रहेको ओडेसा सिटी काउसिलले जनाएको छ । 

सो आक्रमणमा घाइते एक किशोरीलाई अस्पताल भर्ना गरिएको छ । तर, भवनमा रहेका अन्य तीन जनाको बारेमा केही विवरण दिइएको छैन् ।  क्षेत्रीय गभर्नर म्याक्सिम मार्चेन्कोले ‘शत्रुले ओडेसाको एक पूर्वाधारमा मिसाइल प्रहार गरेको’, बताएका थिए । ठूलो मात्रामा रुसी भाषी रहेको ओडेसा सहरमा पछिल्ला समयमा मस्कोले तीब्र हमला गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार