संसदभित्रै अश्लील सामग्री हेर्ने बेलायती सांसद भन्छन् , 'भूलवश मोवाइलमा खुलेको हुन सक्छ'

आइतबार, वैशाख १८, २०७९
Global Ime Bank

लन्डन, १८ वैशाख : बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोवाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन् । यसै साता उनी संसद् भवनभित्र मोवाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए । सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् । 

हाउस अफ कमन्सको वैठकमा उनले अश्लील सामाग्री हरेको दुई महिला सांसदहरुले आरोप लगाउँदै आएका छन् । आफूहरु नजिकै बसेर त्यस्तो सामाग्री हेरेको महिला सांसदहरुको गुनासो छ ।   

यस विषयमा अनुसन्धान सुरु गरिएको छ । फैसला नआएसम्म उनले सांसद र वातावरण चयन समितिको अध्यक्षबाट राजीनामा दिन अस्वीकार गरेका छन् । तर, छानबिनमा दोषी पाइएमा राजीनामा दिने उनले बताएका छन् ।

शुक्रबार, पेरिसले आफूलाई संसदको मापदण्ड आयुक्त क्याथरिन स्टोनलाई त्यसबारे आफै जानाकारी गराएपछि उनको पार्टीबाट निलम्बन गरिएको थियो । 
‘निस्सन्देह यो लाजमर्दो छ । यो मेरी श्रीमती र परिवारको लागि लाजमर्दो छ ।  यो अहिलेको मेरो मुख्य चिन्ता हो । मसँग धेरै सहयोगी श्रीमती छिन र उनलाई  धन्यवाद दिन्छु’, पेरिशले भने ।-एजेन्सी

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार