स्टिल कारखानाबाट २० जनाको समूह मुक्त

आइतबार, वैशाख १८, २०७९
Global Ime Bank

किभ, १८ वैशाख : झन्डै २० जनाको समूह युक्रेनको बन्दरगाह शहर मारिओपोलस्थित एजोभस्टल स्टिल कारखानाबाट बाहिर निस्केको छ । दक्षिणी बन्दरगाह शहर मारिओपल अझै पनि युक्रेनी फौजकै नियन्त्रणमा रहेको दाबी गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता विशाल औद्योगिक क्षेत्रलाई बन्द गर्ने आदेश दिएपछि पहिलो समूहले छाडेको हो ।

कारखानाभित्र अझै फसेका एक हजार जनालाई मुक्त गर्ने बारेमा छलफल भइरहेको बताइएको छ ।  एक साताअघि रुसी सेनाले मारिओपोल कब्जा गरेपछि राष्ट्रपति पुटिनले आफ्ना सेनाहरूलाई भनेका थिए, ‘यस औद्योगिक क्षेत्रलाई बन्द गर्नुहोस्,  ताकि एउटा झिंगा पनि त्यहाँ जान नपाओस ।’

शनिबार २५ सर्वसाधारणले एजोभस्तल प्लान्ट छोड्न सफल भएका रुसी सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरूमध्ये १४ वर्षभन्दा कम उमेरका ६ जना बालबालिका पनि छन् । तर, समूहलाई कहाँ लगिएको छ भन्ने बारेमा केही खुलाइएको छैन् ।

यसैबीच, रुसले पूर्वमा आफ्नो आक्रमक कारबाही तीब्र पारेको छ ।-एजेन्सी

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार