बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

आइतबार, वैशाख १८, २०७९

काठमाडौं, १७ वैशाख । बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो ।मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना६ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार