सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म १ लाख ८ सय ७२ जना संक्रमित भएका छन् । उपत्यकामा अहिले देशभरि भएका सक्रिय संक्रमितमध्ये ५१ प्रतिशत भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । हालसम्म काठमाडौंमा ८१ हजार ५ सय ८८, भक्तपुरमा ७ हजार ३ सय ३६ र ललितपुरमा ११ हजार ९ सय ४८ जना संक्रमित देखिएका छन् । त्यसैगरी काठमाडौंमा ७१ हजार ५ सय ९१, भक्तपुरमा ६ हजार ४ सय ७० र ललितपुरमा ९ हजार ६ सय ३१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा छ । त्यसैगरी काठमाडौंमा ३ सय १६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् । काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् । देशभर २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।
२२ जनाको मृत्यु नेपालमा विगत २४ घण्टामा २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा देशभरि १०,३४१ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् । केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा संक्रमण देखिँदै आएको छ । यसप्रति जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । शुक्रवार परीक्षणको लगभग १९ प्रतिशतमा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र संक्रमित फेला पर्ने क्रम जारी छ । अहिले पुष्टि भएका २४,६६५ जना सक्रिय संक्रमित देशभरि छन् । सरकारी तथ्यांकअनुसार शुक्रवारसम्म नेपालमा १,२९८ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।
को हुन् संक्रमित ? संक्रमितमध्ये ७४० जना महिला र १,२०५ पुरुष छन् । तीमध्ये काठमाडौंमा ८६२ जनासहित उपत्यकाका १,१०७ जना छन् । अहिले उपत्यकाका तीन जिल्लामा १२ हजार ६९२ सक्रिय संक्रमित छन् ।